विद्यालयलाई सहयोग

06 October 2016 Source: RSS News

नेपालगन्ज, २० असोज । बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत बाँके जिल्लाका १० विद्यालयलाई दैवी विपद् सुरक्षा सामग्री उपलब्ध गराइएको छ ।

बाँके युनेस्को क्लबद्वारा सञ्ंचालित सो परियोजना जिल्लाको कचनापुर, बिनौना, बेतहनी उढरापुर गाविसमा गत नौ महिनादेखि सञ्चालनमा रहेको छ ।

परियोजना संयोजक दीपेन्द्र चौधरीका अनुसार, कार्यक्रम सञ्चालनअन्तर्गत आएका विद्यालयलाई विपद्का समयमा अपनाउनुपर्ने वैज्ञानिक विधि, विद्यालयमा पूर्व तयारी योजना, क्षति न्यूनीकरणका उपायलगायतका विषयमा व्यावहारिक ज्ञानसमेत दिइएको छ

त्यसैगरी, विद्यार्थी, तिनका अभिभावक तथा समुदायलाई समेत विपद्बाट बच्ने उपाय र पूर्व तयारीका विषयमा समेत सचेतनासम्बन्धी जानकारी गराइएको छ ।

More News