काठमाडौँ, १५ असोज । स्वदेशकै शिक्षा प्रणालीलाई सवल बनाउन सकेमा पुँजी पलायन नहुनेमा जोड दिइएको छ ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)ले आज यहाँ आयोजना गरेको दसैँ शुभकामना तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद रामेश्वर फुयाँलले विदेश नगई स्वदेशमै विद्यालय सञ्चालन गर्न र शिक्षामा सेवा गर्न निजी विद्यालयका सञ्चालकलाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद दीपक कुइँकेलले निजी विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो ।
कार्यक्रममा कवि डा रामप्रसाद ज्ञवालीले कविता वाचन गर्नुभएको थियो भने जया मल्टिपल कलेजका प्राचार्य भवानी पौडेल, प्याब्सन काठमाडौँका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
इसानका अध्यक्ष बालमुकुन्द कार्कीले आफ्नो संस्थामा आबद्ध निजी विद्यालयले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको दाबी गर्नुभयो ।