पोखरा, ७ असोज । साझा प्रकाशन क्षेत्रीय कार्यलयले वडा दसँैंको अवसरमा पोखरामा वृहत पुस्तक प्रदर्शनी आयोजना गरेको छ ।
बर्सेनि दसँैंको अवसरमा पुस्तक प्रदर्शनी गर्दै आएकाले यस वर्ष असोज ३ गतेदेखि १५ गतेसम्म प्रदर्शनी आयोजना गरेको कार्यालयका प्रवक्ता अनिल थापाले जानकारी दिनुभयो ।
प्रदर्शनी अवधिभर साझा प्रकाशनबाट प्रकाशित पुस्तकका साथै प्रकाशनले बिक्री वितरण गर्दै आएका अन्य विभिन्न विषयका पुस्तक २० देखि ५० प्रतिशत छुटमा बिक्री गरिने छ । नयाँ बजारस्थित क्षेत्रीय कार्यालयको आफ्नै बिक्री कक्षबाट पुस्तक बिक्री भइरहेको र प्रदर्शनी अवधिमा बिदाको दिन पनि बिक्री कक्ष खुल्ने साझा प्रकाशनले जनाएको छ ।