विद्यालय कर्मचारीलाई दरबन्दीमा ल्याउन माग

19 September 2016 Source: rss News

काठमाडौँ, ३ असोज । विद्यालय कर्मचारी सङ्गठनले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा ल्याउन माग गरेको छ ।

सङ्गठनले शिक्षा ऐनले अस्थायी शिक्षकलाई प्रतिस्पर्धा वा सुविधासहित स्वेच्छिक अवकाशको व्यवस्था गरे झैँ आफूहरुलाई पनि एक पटकका लागि भए पनि दरबन्दीमा ल्याउने व्यवस्था मिलाउनुपर्ने माग गरेको हो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर ढकालले भन्नुभयो– “विद्यालय कर्मचारी अत्यन्त न्यून सुविधा मासिक रु दुई हजारदेखि छ हजारमा काम गरेर बाँच्न सक्ने अवस्था नरहेकाले हामीलाई पनि सरकारले हेर्नुपर्यो ।”

उहाँले शैक्षिक तथ्याङ्क विवरण सङ्कलन कार्य पनि झारा टार्ने किसिमको मात्र भएको गुनासो गर्दै माथिल्लो तहको मात्र विवरण सङ्कलन हुने गरेको आरोप लगाउनुभयो ।

उहाँले संशोधित शिक्षा ऐन कार्यान्वयनमा आफ्नो सङ्गठनको समेत सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

More News