पोखरा, २२ भदौ । कास्की जिल्लाको पूर्वीभेगस्थित माझठाना गाविसमा सञ्चालित रत्नशोभा उच्च माविको रु ४१ लाख चार हजार ८८० को लागतमा चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालयको रु २४ लाख, निर्वाचन क्षेत्र विकास कोष क्षेत्र नं १ को सात लाख ८४ हजार ८८०, माझठाना गाविसको तीन लाख ७० हजार र आन्तरिक कोषबाट पाँच लाख ५० हजार आर्थिक सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो । एकै स्थानमा रहेको पुरानो र जीर्ण भवनमा सञ्चालन गर्दै आएको दश जोड दुईका कक्षा छुट्टै सुविधान सम्पन्न भवनमा सञ्चालन भएपछि विद्यार्थीलाई पठनपाठनमा सुविधा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला शिक्षा कार्यालयको छात्रा शौचालय कार्यक्रमअन्तर्गत रु चार लाख आर्थिक सहयोगमा सोही पक्की भवनसँगै दुईवटा सुविधासम्पन्न छात्रा शौचालयसमेत निर्माण भइरहेको छ । २०१६ सालमा स्थानीय शिक्षाप्रेमीको सक्रियतामा स्थापना गरिएको सो विद्यालयमा हाल विभिन्न कक्षामा ३५० विद्यार्थी र २४ जना शिक्षक–शिक्षिका अध्ययन–अध्यापनरत अध्यक्ष तिवारी बताउनुहुन्छ ।
त्यसैगरी, माझठाना–४ पात्लेका खडगसिंह गुरुङले बुबा जुमबहादुर गुरुङको स्मृतिमा सोही पक्की भवनसँग जोडेर दुईकोठे पक्की भवन निर्माण गरिदिनु हुनुभएको छ । विद्यालयले उपलब्ध गराएको जग्गामा उहाँले आप्mनो निजी खर्च रु ३० लाखको लागतमा सो भवन निर्माण गर्नुहुने भएको हो । हाल भवन निर्माण कार्य भइरहेको विद्यालयले जनाएको छ ।