
गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
पोखरा, २१ भदौ । देशभरका अधिकांश सामुदायिक विद्यालयका घट्दो विद्यार्थी सङ्ख्या एवम् शैक्षिक गुणस्तर चुनौतीपूर्ण बन्दै गएका अवस्थामा पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी मावि सबैका लागि अनुकरणीय बन्दै गएको छ ।
साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका अवस्थामा सरकारबाट आठ दरबन्दी र तीन राहत कोटाका शिक्षक पाएर अन्य सबै निजी स्रोतबाट सञ्चालनमा आएकामा सामुदायिक विद्यालयमै सर्वोत्कृष्ट स्थान ओगट्नु यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।
मुलुकभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै शीतलादेवीले ३७ औं शिक्षा दिवस एवम् साक्षरता दिवसका अवसरमा यही भदौ २३ गते यस वर्षको सर्वाेत्कृष्ट विद्यालयका रुपमा रु दुई लाख पुरस्कारसहित राष्ट्रिय सिल्ड पाउने भएको छ ।
प्रत्येक वर्ष शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले सामुदायिक र संस्थागत विद्यालयबाट राष्ट्रिय र क्षेत्रीय उत्कृष्ट विद्यालय घोषणा गर्ने गरेकामा सामुदायिकतर्फको सर्वोत्कृष्ट विद्यालयको पुरस्कार एवम् सम्मान शीतलादेवीले प्राप्त गरेको विद्यालयका प्रअ बाबुराम अधिकारीले बताउनुभयो ।
‘लगनशील विद्यार्थी, समर्पित शिक्षक र कुशल व्यवस्थापन’ भन्ने नाराका साथ विद्यालय निरन्तर क्रियाशील बनेको बताउँदै उहाँले विद्यार्थी, शिक्षक, अभिभावक एवम् समुदायको सामूहिक प्रयासले देशभरमा नै सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित गर्न सकिएको बताउनुभयो ।
देशका अधिकांश सामुदायिक विद्यालय राजनीतीकरणको प्रभावमा परे पनि शीतलादेवीलाई त्यसको प्रभावले छुन नसकेका कारण सफलता हासिल गर्न सकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्की बताउनुहुन्छ । “विद्यालयको सफलताका लागि समुदायका साथै शिक्षक, अभिभावक तथा विद्यार्थीको सामूहिक प्रयास अपरिहार्य छ”, उहाँले भन्नुभयो ।
विद्यालयका कुल आठ दरबन्दीमध्ये माध्यमिक तहमा एक मात्र दरबन्दी रहेको बताउँदै शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिरोमणि बरालले निजी स्रोतबाट विद्यालय सञ्चालन गर्न निकै कठिनाइ भइरहेको बताउनुभयो । धेरै कठिन भए पनि विद्यालय देशरभरकै सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट बन्नु गौरवको विषय भएको उहाँको भनाइ छ ।
समयसापेक्ष अङ्ग्रेजी माध्यमको शिक्षा अपरिहार्य भएको महसुस गर्दै विद्यालयले २०६१ सालदेखि अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेको शिक्षक तोलाकान्त न्यौपानेले जानकारी दिनुभयो । कुल पाँच सय १४ विद्यार्थीसहित हाल कक्षा ११ सम्म सञ्चालन भइरहेको विद्यालयमा सबै कक्षामा अङ्ग्रेजी माध्यमममा पठनपाठन भइरहेको छ ।
शिक्षिका टीकादेवी पराजुली बराल विद्यालयमा राम्रो पारिवारिक वातावरण बनाई विद्यार्थी आकर्षित गर्न सक्ने हो भने अझै समग्र रुपमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुहुन्छ ।
मन्त्रालयले अघिल्लो वर्षको प्रवेशिका परीक्षाको परीक्षाफल, कक्षा ९ को विद्यार्थी भर्ना लगायत मापदण्डका आधारमा प्रत्येक वर्ष एक विद्यालयलाई सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रुपमा पुरस्कृत गर्दै आएको छ ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
The Lumbini Province Government has scheduled the first "Peace Marathon" in Lumbini, the birthplace of Ga...
Waling, March 5: The construction of a solar lifting drinking water project has kicked off at Budhakot area of Shivalaya...