
गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
काठमाडौँ, १८ भदौ । आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जानुपर्ने भएकाले अनलाइनबाट नक्सापासको प्रक्रिया झन्झटिलो भएको छ ।
काठमाडौँ महानगरपालिका - १४ का रामप्रसाद सापकोटाले गत साउनको पहिलो साता घर निर्माणका लागि घरबाट नै नक्सा दर्ता गर्नुभयो । "घरबाट नक्सा दर्ता गराए पनि पुनः कागजपत्र बोकेर महानगरको कार्यालयसम्म जानुपर्यो, यसअघि आवश्यक कागजपत्र सहित प्रक्रिया पुर्याएर कागजपत्र बोकेर महानगरको कार्यालयसम्म पुगेपछि केही दिनमा नक्सापास हुने गरेकामा अहिले भने झन्झटिलो भएको छ" सापकोटाले भन्नुभयो ।
सबै नगरवासीसँग इन्टरनेटको पहुँच नभएको र भएकाहरु पनि प्रविधिसँग रमाइसकेको अवस्था छ्रैन । नक्सापासका लागि दर्ता गर्न प्राविधिसँग जानकार व्यक्तिलाई खोज्नुपर्ने भएकाले पहिलेको भन्दा थप समस्या भएको उहाँको भनाइ छ ।
त्यसैगरी सुरेन्द्र श्रेष्ठको भनाइ पनि सापकोटाको भन्दा कम छैन । "कामपाले यस किसिमको व्यवस्था ल्याउनु पूर्व नै यसबारे नगरवासीलाई केही जानकारी गराएको भए समस्या हुने थिएन", श्रेष्ठ भन्नुहुन्छ ।
सबै नगरवासीले अहिले नै घरबाट अनलाइन नक्सापास गराउने सम्भावना भने कम रहेको श्रेष्ठले बताउनुभयो । नक्सापास गर्ने इन्जिनियरलाई नै अनलाइन नक्सापास गर्नेबारे जानकारी कम हुँदासमस्या आएको नक्सापास महाशाखा प्रमुख इन्जिनियर राम थापा स्विकार्नुहुन्छ ।
थापाका अनुसार गत साउनदेखि अहिलेसम्मा अनलाइनबाट नक्सापास गर्नेको सङ्ख्या २४० पुगेको छ । तीन सय ३८ जनाले नक्सापासका लागि फाराम दर्ता गरेको भए पनि प्रक्रिया नपुगेका कारण बाँकी अन्यको नक्सापास हुन सकेको छैन ।
अहिले अनलाइन सेवा सुरु हुनुपूर्व जति नै दैनिक २० देखि २५ वटासम्म नक्सापासका लागि दर्ता हुने गरेको छ । मापदण्डअनुरुप नक्सापासका लागि दर्ता अनलाइनबाट गराएपछि तोकिएको समयभित्र पास भएको सूची कामपाले नागरिकलाई पठाउनेछ । यदि नक्सापासका लागि मापदण्ड पूरा नभएको हकमा भने पास नहुनाका आवश्यक कारण पनि सूचीमा पठाइने व्यवस्था छ ।
गत साउन १ गतेदेखि कामपाका ३५ वटै वडामा सुरु गरिएको उक्त सेवामा नागरिकले घरबाटै अनलाइन मार्फत नक्सापासका लागि दर्ता गर्न पाइने भए पनि उक्त सेवाबारे नागरिकलाई जानकारी नभएको र कामपामा पनि थप व्यवस्थापनको काम भइरहेकाले अनलाइनबाट नक्सापास प्रक्रियामा कमी आएको प्रमुख थापाको भनाइ छ ।
थापाले भन्नुभयो, "कामपामा नै आएर नक्सापास गराउँदा लाइनमा बस्नुपर्ने र मापदण्ड पूरा नहुँदा विभिन्न किसिमको झन्झट नागरिकले व्यहोर्नुपर्ने हुँदा उक्त समस्याबाट मुक्त गराउनका लागि यो व्यवस्था गरिएको हो ।" सुरु सुरुमा केही कमी आए पनि पछिका दिनमा अनलाइनबाटै नक्सापास गर्नेमा उल्लेख्य सहभागिता हुने कामपाको विश्वास छ ।
महानगरभित्र नै निर्माण हुने ठूला व्यावसायिक भवनका हकमा भने नक्सापास गराउँदा नै काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट योजना स्वीकृति लिनुपर्ने भएकाले उक्त स्वीकृति लिएपछि मात्र अनलाइन नक्सापासको प्रक्रिया अघि बढ्ने कामपाले जनाएको छ ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
The Lumbini Province Government has scheduled the first "Peace Marathon" in Lumbini, the birthplace of Ga...
Waling, March 5: The construction of a solar lifting drinking water project has kicked off at Budhakot area of Shivalaya...