शिक्षा दिवसको नारा तय

01 September 2016 Source: RSS News

काठमाडौँ, १६ भदौ । सैँतिसौँ राष्ट्रिय शिक्षा दिवसका लागि ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ नारा (आदर्श वाक्य) तय भएको छ ।

शिक्षा दिवस मनाउन गठित मूल समारोह समिति मातहतको नारा चयन उपसमितिको सिफारिसका आधारमा मूल समितिका अध्यक्ष तथा शिक्षामन्त्री धनीराम पौडेलले सो नारा स्वीकृत गर्नुभएको हो । यही भदौ २३ गते सो दिवस मनाइन्छ । सोही दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस पनि पर्छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलको संयोजकत्वमा उपसमिति गठन भएको थियो । शिक्षा मन्त्रालयका उपसचिव कृष्ण ढुङ्गानाका अनुसार दिवसलाई देशव्यापी मनाउन तयारी भएको बताउनुभयो । मन्त्रालयले दिवसका अवसरमा पुरस्कृत हुने विभिन्न उत्कृष्ट विद्यालयका नामावली तयार गरी त्यसमा कुनै दाबी विरोध भएमा सूचना दिन आह्वान पनि गरेको छ ।

More News