नवौँ पुस्तकालय दिवसमा प्रभातफेरी

31 August 2016 Source: RSS News

काठमाडौँ, १५ भदौ । शिक्षा मन्त्रालयले नवौँ पुस्तकालय दिवसका सन्दर्भमा आज प्रभातफेरी निकालेको छ ।

स्थानीय भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी रामशाहपथ, पुतलीसडक, कमलपोखरी हुँदै रसियन कल्चर सेन्टरमा पुगेर सभामा परिणत भएको हो ।

प्रभातफेरीको उद्घाटन गर्दै शिक्षा मन्त्रालयका निमित्त सचिव डा डिल्लीराम रिमालले सभ्य समाज निर्माणका लागि शिक्षाको खाँचो रहेको र शिक्षाको विकासका लागि पुस्तकालयको महत्व रहेको बताउनुभयो ।

नवौँ पुस्तकालय दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रचारप्रसार समितिका संयोजक गोविन्द दाहालले शिक्षा आर्जनका लागि पुस्तकालयको व्यवस्थित विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यस वर्षको नारा ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने रहेको छ ।

More News