काठमाडौँ, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पताल धनुषाका मेडिकल अधिकृत रामजी यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
सेवा प्रवेशका बेला एसआरकेजी कलेज भारत सीतामढीबाट सन् १९९८ मा आएस्सी प्रथम श्रेणीमा उत्तीर्ण गरेको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेकाले उनीविरुद्ध आरोपपत्र दर्ता गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार यादवले सोही प्रमाणपत्रका आधारमा नेपालमै एमबिबिएस अध्ययन गरेको तथा नेपाल मेडिकल काउन्सिलबाट काउन्सिल सदस्यता दर्ता नं प्राप्त गरी सरकारी अस्पतालमा करार नियुक्ति लिएका थिए ।