भूकम्पले भत्काएको विद्यालय विदेशी विद्यार्थीको सहयोगमा बन्यो

24 August 2016 Source: RSS News

भक्तपुर, ८ भदौ । सूर्यविनायक नगरपालिका - १३ लापुलीस्थित महाँकालेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवन आज शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्लीराम रिमालले उद्घाटन गर्नुभयो ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पले भत्काएको विद्यालय भवन जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।

कूल रु २६ लाख ९५ हजारको लागतमा पाँच कोठे पक्की भवन निर्माण सम्पन्न भएपछि उद्घाटन गरेर विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णहरि कार्कीले बताउनुभयो ।

कार्यक्रममा सचिव रिमालले विद्यालयको भौतिक संरचनाको सही सदुपयोग गर्दै विद्यार्थीको सिकाइ उपलब्धि बढाउन निर्देशन दिनुभयो ।

More News