काठमाडौँ, ८ भदौ । बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक योग्यता पेस गर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारी सुनिल आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
सातौँ तहमा सेवा प्रवेश गरेका आचार्यले बढुवा हुँदा पेस गरेको शैक्षिक योग्यता झुटो पाइएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आचार्यले आइएस्सी तहको शैक्षिक योग्यताको झुट्ठो प्रमाणपत्र खडा गरी एमबिबिएस अध्ययन गरेको, नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी नियुक्ति लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको आयोगले जनाएको छ ।