तीन छात्रालाई सम्मान

12 August 2016 Source: RSS News

काठमाडौँ, २८ साउन । होटल डेला अन्नपूर्णद्वारा प्रवद्र्धित जयन्ती मेमोरियल टस्ट एवम् होटेल अन्नपूर्णले होटल सङ्कायमा स्नातक अध्यनरत तीन उत्कृष्ट छात्रालाई ‘प्रिन्सेस जयन्ती अचिभमेन्ट अवार्ड’ दिएको छ ।

उक्त सम्मान सोल्टी होटल लिका अध्यक्ष प्रभाकरशम्शेर राणाले नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठानमा स्नातक तहमा अध्यनरत तीन छात्रालाई प्रदान गर्नुभयो । उक्त सम्मानका साथ जनही रु ४० हजार छ । सविता ओझालाई स्वर्ण तथा रोजिना शाक्य र सबिना राउतलाई रजत सम्मान दिइएको छ । ती तीन छात्राले उत्कृष्ट अङ्कका आधारमा सो सम्मान पाएको होटल अन्नपूर्णका कार्यकारी निर्देशक सिर्जना राणाले जानकारी दिनुभयो ।

More News